२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका हर्क राई भए मिस्टर कोशी च्याम्पियन


बिर्तामोड, असार २२ । झापाका हर्कबहादुर राई प्रथम मिस्टर कोशी च्याम्पियन बनेका छन् । उनले उत्कृष्ट चारवटा तौल समूहका विजेतालाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।

आज बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा ग्यालेक्सी फिटनेसबाट ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले ओभरअल च्याम्पियन बन्दै उपाधिसहित १ लाख ५० हजार र ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको फस्ट रनरअप झापाका अभिजित राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाउँदा सेकेन्ड रनरअप मोरङका टंकबहादुर मगर बने । उनले नगद ५० हजार र ट्रफी पाए ।

चौथो स्थानमा ६५ केजी तौल समूहका उदयपुरका अमनकुमार शाह बने उनले नगद ३० हजार पाउँदा पाँचौँ स्थानमा ५५ केजीका अनिश राई भए । उदयपुरका अनिशले नगद २० हजारमा चित्त बुझाएका छन् ।

प्रदेश सरकारको खेलकुद विकास बोर्डको आयोजना, झापा जिल्ला खेलकुद विकास समितिको संयोजन तथा झापा बडिबिल्डिङ तथा फिटनेस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले गरेका थिए ।

बोर्डका सदस्य गौरीमान राई, उद्योगी टिकाराज ढकाल, झापाका खेलकुद अगुवा जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन, कांग्रेस झापा कोषाध्यक्ष जलकुमार गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले स्वागत गर्दै प्रतियोगिताको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer