२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पञ्चकन्या सोसाइटीमा रक्तदान


बिर्तामोड, असार २४ । ‘रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्यले झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ ।
पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

‘पञ्चकन्या सोसाइटीको चाहाना, सभ्य समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ सोसाइटीले रक्तदानसहित विविध सामाजिक काम गर्दै आएको सचिव बिपी लामिछानेले जानकारी दिए ।

झापाको बिर्तामोड–१ स्थित विन्द्यावासिनी दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।

बिर्तामोड साना सहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सोसाइटीका कोषाध्यक्ष विष्णु चुडालले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड खानेपानीका उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारसमणि मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्य मायादेवी प्रधान, सोसाइटीका सहसचिव दधिराम पाठक, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चण्डीप्रसाद उपाध्यायलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल र बिर्तामोड खानेपानीका अध्यक्ष बास्तोलालले रक्तदान गर्नेलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer