२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा दुई जनाको डुबेर मृत्यु


बिर्तामोड, असार २४ । झापामा दुई जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–२ स्थित सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम रहेका छन् ।

घर अगाडी रहेको सानो माई खोलामा डुबेर ती बालकको आइतबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बाह्रदशी गाउँपालिका २ स्थित राजगढ निवासी ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले शनिबार राति साढे ९ बजे डुबेको अवस्थामा उनको शव पैनीबाट बाहिर निकालेका थिए । उनको शव नजिकै साईकल समेत फेला परेको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer