२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दीबारीमा सामाजिक संजालको विषयलाई लिएर कुटपिट


बिर्तामोड, असार २४ । झापाको हल्दीबारी गाउँपालिकामा सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर कुटपिट भएको छ ।

केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर टिका राउतले खगेन राजवंशीलाई गाली गलौज गरी कुटपिट गरेकी हुन् ।

आज दिउँसो २ बजे हल्दीबारी गाउँपालिकाको वडा न–२ पारोखोपीस्थित भेलागुरी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बसिरहेका बेला समितिका सचिबसमेत रहेका खगेन राजवंशीलाई टिका राउतको नेतृत्वमा उनकै दाजुभाइ गरी करिब ५–६ जनाको समूहले गाली गलौजका साथै कुटपिट गरेका हुन् । कुटपिटबाट राजवंशी घाइते भएका छन् । उनको आँखामा चोट लागेको बताइएको छ ।

घटनापछि राउतका दाजुभाइ बालकुमार पौडेल र सन्तोष पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
दुबै जना साथी–साथी भएपनि आफूलाई इंगित गरी केही दिनदेखि सामाजिक संजालमा लेखेपछि सोही विषयमा विवाद हुँदा कुटाकुट भएको राउतले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer