२०८१ असार २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा वडाध्यक्ष आलम र छिमकीबीच कुटाकुट, पाँचजना घाइते


बिर्तामोड, असार २६ । झापाको कचनकवल गाउँपालिकामा गाउँमा विवाद मिलाउने क्रममा कचनकवल वडा नं. ५ का वडाध्यक्ष नुर आलम र छिमकी रैमु मियाको परिवारबीच कुटाकुट भएको छ । दुई परिवारबीचको कुटाकुटमा वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँचजना घाइते भएका छन् ।

कचनकवल ५ पाठामारीस्थित नयाँहाट बस्तीमा वडाध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७–८ बर्षदेखि घरेलु हिंसा गर्दै आएको बताइएको छ ।

हिजो पनि कुटपिट गरेको भन्दै राति १० बजे मिराजनी निशाले वडाध्यक्ष आलमलाई घरमा आएर झगडा मिलाइदिन आग्रह गरेकी थिइन् । आलम सम्झाउन जाँदा रहिमु मियाका कान्छा छोराले गाली गलौज गरी हातपात गर्न खोज्दा आलमका परिवार र मियाको परिवारबीच कुटाकुट भएको हो । कुटपिटबाट वडाध्यक्ष आलम र उनकी श्रीमती रुपसना बेगम घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते वडाध्यक्ष र उनकी श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्को पक्षका रहिमु मियाकी श्रीमती सैरा खातुन, छोरीहरु रुक्सा र सन्जना खातुन घाइते भएका छन् । रुक्सा र सन्जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer