२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा डेंगुका १२३ संक्रमित


बिर्तामोड, असार २७ । असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको संख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण बढी देखिएको हो ।

पुसयता देशभर १ हजार ४८३ जनामा संक्रमण पुष्टि भएकोमा काठमाडौँमा सर्वाधिक १६५ जना र त्यसपछि झापामा १२३ जना संक्रमित देखिएका छन् ।

एक दशक अघिसम्म मनसुनपछि छिटपुट मात्र देखिने डेंगु अहिले मुलुकका ७७ जिल्लामै फैलिसकेको छ । वर्षभर नै देखिन थालेको डेंगु देशको कीटजन्य रोगको पहिलो सूचीमा परिसकेको छ भने संक्रमणको वृद्धिदर पनि तीव्र छ ।

असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

गत वर्ष ७७ जिल्लामै संक्रमित भेटिएका थिए । तथ्यांकअनुसार २०८० पुस मसान्तसम्म ५२ हजार जनाभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको ज्यान गएको थियो ।

सुनसरीसहित देशका विभिन्न १० जिल्लामा प्रकोपकै रूपमा फैलिएको थियो । कुल सङ्क्रमितको ८० प्रतिशतभन्दा बढी संक्रमित झापा, सुनसरी, तनहुँ, कास्की, काठमाडौँ, मोरङ, संखुुवासभा, कैलाली, भक्तपुर र धादिङमा देखिएको थियो ।
२०७९ मा ५४ हजारभन्दा बढीलाई संक्रमित बनाएको डेंगुका कारण ८८ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा फाट्टफुट्ट डेंगु संक्रमित देखापरिरहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । उनको रोकथामका लागि स्थानीय पालिकाहरूसँगको समन्वयमा अभिमुखीकरण तथा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer