२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौँडाका लामालाई


बिर्तामोड, असार २८ । स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौँडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि सुरु भएको राष्ट्रियस्तरको स्नुकरको उपाधि लामाले हात पारेका हुन् ।

प्रतियोगिताको उपाधिसँगै लामाले नगद २ लाख रुपैयाँसहित ट्रफी हात पारे । बिर्तामोडमा भएको फाइनल खेलपछिको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले लामासहित विजेता खेलाडीहरुलाई नगद र ट्रफी प्रदान गरिन् ।

स्नुकर नेपाल मास्टर्स प्रतियोगितामा काभ्रेका वाङ्चु आले तामाङ उपविजेतासँगै हाइयसब्रेकर भए । उनले द्वितीय पुरस्कार ८० हजार र हाइयस ब्रेकरको पुरस्कार ५० हजार नगद र ट्रफी प्राप्त गरे ।

त्यस्तै, सेमिफाइनलिस्ट बुटबलका रेगन श्रेष्ठ र पोखराका सोम विश्वकर्माले नगद २०/२० हजार पुरस्कार पाए ।

बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री राईले नेपालमा पहिलोपटक ठुलो पुरस्कार राशिको स्नुकर खेल हुनुले प्रदेशकै गौरव बढेको बताइन् ।

यसअघि फाइनल खेलको उद्घाटनमा प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष तथा खेलकुद अगुवा जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड क्षेत्रमा स्नुकर खेल भित्र्याउने सञ्जय राई, स्नुकर भेट्रान खेलाडी चित्रप्रकाश राई, रेजिना पाण्डे, बिर्तामोड खेलकुद विकास समितिका सदस्य विशाल अग्रवाललगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन बिर्तामोड स्नुकरकी आशा गुरुङले गरेकी थिइन् । प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीेसहित कोशी प्रदेशका ८ जना र स्थानीय ८ जना गरी ३२ जना खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer