२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा मिटरब्याजका ८३ उजुरी


बिर्तामोड, असार २८ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ उजुरी दर्ता भएका छन् । जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि झापामा ती उजुरी दर्ता भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाईंका अनुसार आयोगले पहिलोपटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् । उनले साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको संख््या बढ्नसक्ने बताए ।

उजुरी गर्ने म्याद अझै बाँकी नै रहेकाले अन्तिम म्याद सकिएपछि आयोगको निर्देशनबमोजिम संयन्त्रले काम गर्ने उनको भनाइ थियो ।

अनुचित लेनदेनसम्बन्धी अन्य समय (२०८१ जेठ अगाडि) मा परेका ७७ उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आएका ७७ र प्रहरी कार्यालयमा दर्ता भएका १६ गरी ९३ उजुरीमध्ये २९ मा सहमति भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए ।

त्यस्तै, १५ वटा मुद्दा दर्ता भएको, १९ वटामा सहमति भई फर्छ््यौट भएको, छ उजुरीका सम्बन्धमा विपक्षी छलफलमा उपस्थित नभएको, दुई उजुरीमा विपक्षीको यकिन ठेगाना नखुलेको, १३ उजुरी निवेदन प्राप्त हुनुअगावै अदालती प्रक्रियामा गएका र नौ उजुरी छलफल प्रक्रियामा नै रहेको प्रहरी निरीक्षक पराजुलीले जानकारी दिए ।

हालसम्ममा अनुचित लेनदेनमा दुई करोड ५७ लाख एक हजार नगद र एक बिघा १४ कठ्ठा पाँच धुर जमिन फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer