२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

उत्कृष्ट अंक ल्याएका सोरेनलाई निदि माविले निःशुल्क पढाउने


May be an image of 5 people, people studying and text

बिर्तामोड, असार २९ । सन्थाल समुदायबाट एसइइमा हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका झापा बाह्रदशीका टेकनाथ सोरेनलाई बिर्तामोडको निदि सेकेन्डरी स्कुल/ इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको छ ।

विद्यालयका प्रिन्सिपल रञ्जीत शाहका अनुसार सोरेनलाई कक्षा ११ र १२ सम्मको अध्ययनमा विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिनेछैन ।

विज्ञान संकायमा शुक्रबार भर्ना भएका सोरेनलाई त्योभन्दा माथिल्लो तहको अध्ययनमा समेत विद्यालयले सहयोग गर्ने शाहले जानकारी दिए ।

सोरेनको पढाइप्रतिको लगनशीलता तथा पारिवारिक आर्थिक अभावलाई ध्यान दिँदै उनको अध्ययनको व्यवस्था गरिएको प्रिन्सिपल शाहले झापा टुडेलाई बताए ।

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापाको बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माविका सोरेनले सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसइइकै इतिहासमा उच्च अंक ल्याएका थिए ।

२०६४ साउन ३० गते जन्मिएका सोरेनले एसइइमा ३.८२ जिपिए अंक ल्याएका छन् । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ ।

अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी बाह्रदशी–६ डाँगीबारीका सोरेनका बुवा राजिन्दर र आमा उषा सामान्य खेती र अर्काको दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।

यसैबीच, सन्थाल समुदायबाट छात्रातर्फ एसइइ इतिहासकै उच्च अंक गौरीगञ्जकी पर्वती हस्दालाई भने हालसम्म कुनै पनि विद्यालयले अध्ययनको निःशुल्क व्यवस्था गरेका छैनन् ।

खजुरगाछी माविकी हस्दाले यस वर्षको एसइइमा ३.५१ जिपिए ल्याएकी छन् । उनी २०८० को एसइइमा गौरीगञ्जको सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हस्दा नै हुन् ।


सम्बन्धित समाचार
:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer