२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

उत्कृष्ट अंक ल्याएकी हस्दालाई निःशुल्क पढाउने निदि माविको उद्घोष


बिर्तामोड, असार २९ । सन्थाल समुदायबाट छात्रातर्फ एसइइ इतिहासकै उच्च अंक ल्याएकी झापा गौरीगञ्जकी पर्वती हस्दालाई पनि निदि माविले निःशुल्क पढाउने उद्घोष गरेको छ ।

छात्रतर्फ उत्कृष्ट अंक ल्याएका बाह्रदशीका टेकनाथ सोरेनलाई निदि माध्यमिक विद्यालयले निःशुल्क पढाउने समाचार झापा टुडेमा प्रकाशित भएपछि विद्यालयले हस्दालाई पनि पढाउने उद्घोष गरेको हो ।

सोरेनको हिजो शुक्रबार विज्ञान संकायमा भर्ना भइसकेको छ । हस्दा पनि सम्पर्कमा आए निःशुल्क अध्ययनको व्यवस्था गर्ने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल रञ्जीत शाहले झापा टुडेलाई सम्पर्क गरेर हस्दालाई उनको रोजाइको विषयमा कक्षा ११ र १२ सम्म निःशुल्क पढाउने जानकारी दिए ।

खजुरगाछी माविकी हस्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसइइमा ३.५१ जिपिए ल्याएकी छन् ।

उनी २०८० को एसइइमा गौरीगञ्जको सामुदायिक विद्यालयतर्फ सबैभन्दा उत्कृष्ट अंक ल्याउन ल्याउने विद्यार्थी पनि हुन् । गौरीगञ्ज गाउँपालिकाभित्रका चारवटा सामुदायिक विद्यालय एसइइमा सहभागी थिए ।

सम्बन्धित समाचार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer