२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

चाँयाबाट छुट्कारा पाउने घरेलु तरिका


बिर्तामोड, असार २९ । वर्षात्‌को मौसममा चायाँको समस्या बढ्ने गर्छ । जसले गर्दा टाउको धेरै चिलाउने तथा कपाल झर्ने समस्या पनि हुन्छ । आज हामी घरेलु तरिकाबाटै चायाँबाट छुट्कारा पाउने तरिका बताउनेछौं ।

नरिवलको तेल र कपूर

नरिवलको तेल र कपूर चायाँ कम गर्न एकदमै प्रभावकारी हुन्छ । यो लगाउँदा कपाल बलियो पनि हुन्छ । एउटा कचौरामा दुई चम्चा नरिवलको तेल र एउटा कपूरको टिक्की मिसाएर कपालमा लगाउनुहोस् । करीब आधा घण्टा पछि कपाललाई स्याम्पुले धुनुहोस् ।

टमाटर र मुल्तानी मिट्टी

चायाँ कम गर्न टमाटरको पेस्ट र मुल्तानी मिट्टीको प्रयोग गर्न सकिन्छ । यसका लागि टमाटरको पेस्टमा एक चम्चा मुल्तानी मिट्टी मिसाएर कपालमा लगाउनुहोस् । यसलाई पनि १५ देखि २० मिनेट राखेर धुनुहोस् ।

अमिलो मोही

गर्मीको समयमा मोही त अवश्य पिउनुहुन्छ होला । त्यो मोही बासी भएर अमिलो भयो भने फाल्नु पर्दैन । यसलाई तपाईंले चायाँबाट छुट्टकारा पाउन कपालमा लगाउन सक्नुहुन्छ । मोही कपालमा लगाएर २० मिनेटपछि स्याम्पुले धुनुहोस् ।–एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer