२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने


बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ ।

पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिए ।

उनका अनुसार १० वटा दर्ता काउन्टरबाट बिरामीलाई सहजै सेवा दिने तयारी गरिएको छ । लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिने गिरीको भनाइ छ ।

बिएन्डसीमा रेफर गरेर आएका बीमितहरुले उपाचार पाउने छन् भने इमरजेन्सीको हकमा सोझै अस्पताल आए पनि स्वास्थ्य बीमाबाट उपचार गर्न पाइनेछ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड तथा बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौताबमोजिम साउन १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा दिन लागेको गिरीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवाग्राहीहरुलाई औषधि, स्वास्थ्य परीक्षणहरु, सर्जरी लगायतमा सुविधा उपलब्ध गराइनेछ ।

बिएन्डसी अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सहित न्युरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्म रोग लगायतका सेवाहरु रहेका छन् ।

मोडुलर अपरेसन थिएटर, सिटी स्क्यान, एमआरआइ, अल्ट्रासाउन्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरु गरिँदै आइरहेको मेडिकल डाइरेक्टर डक्टर वीरेन्द्र यादवले जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न यस अस्पतालमा, एमडी, एमसिएच, एमएस गरेका वरिष्ठ चिकित्सक, तालिम प्राप्त प्राविधिक तथा अन्य जनशक्तिहरुले सेवा दिने छन् ।

प्रवक्ता गिरीका अनुसार उपचारमा आउने बिरामीहरुको लागि कुरुवा कक्ष, प्रविधिमैत्री वातावरणमा उपचार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer