२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालले अढाइ लाख आँपका बिरुवा वितरण गर्ने


बिर्तामोड, असार ३१ । झापा बिर्तामोडको पुरानो तथा क्रियाशील गैरसरकारी संस्था सहारा नेपालले दुई लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने भएको छ ।

कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक खेतीका लागि तीनवटा प्रदेशमा सहारा नेपालले अढाइ लाख बिरुवा वितरण गर्न लागेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका कृषकहरुलाई आँपको व्यावसायिक खेती गर्न बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराइने गिरीले झापा टुडेलाई बताए ।

बिरुवा प्राप्त गर्न सहारा नेपालले केही मापदण्डसमेत बनाएको छ । जग्गाको क्षेत्रफल न्यूनतम ५ कट्ठा वा सोभन्दा बढी भएका कृषकलाई मात्र बिरुवा दिइनेछ ।

त्यस्तै, जग्गादर्ता धनीपुर्जा भएको निजी जग्गा हुनुपर्ने, ऐलानी जग्गा भए उक्त जग्गा आफ्नो स्वामित्वमा रहेको नेपाल सरकारको निस्सा हुनुपर्नेछ ।

जग्गाधनीको नेपाली नागरिकताको प्रमाणपत्र र बैंक खाता हुनुपर्ने, संस्थाले निःशुल्क दिएको बिरुवा हुर्काउने जिम्मा सम्बन्धित कृषकको हुनेछ । बिरुवा न्यूनतम १० वर्षसम्म मास्न नपाइने गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer