बिर्तामोड, असार ३१ । झापा बिर्तामोडकी एक महिलाको कुवेतमा वैदेशिक रोजगारीका क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–९ घर भएकी २६ वर्षीया जलिना तामाङको कुवेतको मंगाफ क्षेत्रमा बिहीबार सवारी दुर्घटनामा मृत्यु भएको हो ।
उनलाई बाटो काट्ने क्रममा कारले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ । अल–जाजिरा कम्पनीमा कार्यरत उनी चार महिनाअघि कुवेत गएकी थिइन् । उनको एक छोरी र श्रीमान् रहेको पारिवारिक स्रोतले जनाएको छ ।