२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


बिर्तामोड, असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज(सोमबार) राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढेको निगमले जनाएको छ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा २—२ रुपैयाँका दरले मूल्य बढेको छ।इन्डियन आयल कर्पोरेसन(आईओसी) भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

बढेको मुल्यअनुसार पेट्रोल प्रति लिटर पहिलो वर्ग १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १७० रुपैयाँ र तेस्रो वर्ग १७१ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेल प्रति लिटर पहिलो वर्ग १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग १५९ रुपैयाँ र तेस्रो वर्ग १६० रुपैयाँ काम भएको छ।

हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer