२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीमा कृषक र उद्यमीलाई १५ लाखको सामग्री वितरण


हल्दिबारी, असार ३१। झापाको हल्दिबारी गाउँपालिकाले कृषक तथा उद्यमी महिलाहरुलाई १५ लाख बराबरको सामग्री वितरण गरेको छ ।

गाउँपालिकाले आज एक कार्यक्रमका बीच पाँचवटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना कृषकलाई मकै रोप्ने आधुनिक मेसिन हस्तान्तरण गरेको छ ।

त्यस्तै, १८ जना महिला उद्यमीलाई मागअनुसार सिलाई मेसिन, पिको मेसिन, इन्टरलक मेसिन, टेबल–सोकेस, इन्भर्टर–ब्याट्री, हेयर ड्रायर क्लिमिङ, स्ट्रेट आइरन, दुई वटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस प्रदान गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमबाट लागत सहभागितामा लगभग १५ लाख मूल्यबराबरका सामग्री वितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आयोजित सामग्री हस्तान्तरण समारोहमा प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेन, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर (महेन्द्र) वन, केशवप्रसाद ओझालगायतले कृषक तथा उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन राजन न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer