२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व


बिर्तामोड, साउन १ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ । साउनमा अधिकांश महिलाहरु हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुरा लगाएर सजिएका हुन्छन् । हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिन्छ ।

नेपाली महिलाले साउनको प्रत्येक सोमबार भगवान् शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसनको रुपमा रहेको हरियो चुरा, हरियो पहिरन, मेहन्दी लगाउनुको पछाडि धार्मिक महत्त्व रहेको विश्वास गरिन्छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहन्दी लगाउने चलन रहेको संस्कृतिविद् जगमान गुरुङ बताउछन् ।

“हरियो रङ्गलाई धर्मशास्त्रले सौभाग्यको रङ्ग भनेर वर्णन गरेको छ । भगवान् शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रङ्गको विशेष महत्त्व हुन्छ” संस्कृतिविद गुरुङले भने, “साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रङ्ग लगाइन्छ ।”

साउन महिनालाई हरियाली महिना पनि भनिन्छ । महिला प्रजननशील, उर्वरशील होस् भनेर यो चलन बसाइएको विज्ञको भनाइ छ ।

व्रतको सांस्कृतिक महत्त्व
उनका अनुसार साउन महिनामा सूर्य कर्कट राशीमा बस्छ, कर्कट राशी भनेको चन्द्रमाको घर हो । चन्द्रमा भनेको जलतत्त्व हो । उनले भने, “सोमबारलाई चन्द्रमाको बारको रुपमा लिइन्छ । त्यसकारण साउनको सोमबारको दिन शिवलाई जलले स्नान गराउने गरिन्छ । किनभने भगवान् शिव स्नानतुल्य हुनुहुन्छ ।”

स्वास्थ्यलाभ भएपछि राम्रो श्रीमान् पाउने मान्यता रहेको कारण नेपालका अविवाहित नारीले साउन महिनामा शिवको व्रत बस्ने गर्छन् । विवाहित महिलाका हकमा भने साउनमा शिवको व्रत बस्दा श्रीमानबाट शारीरिक र मानसिक सुख र आर्थिक सुख प्राप्त हुने धार्मिक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer