२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सुनको मूल्य कीर्तिमानी उचाइमा,तोलामा ९०० रुपैयाँ बढ्यो


बिर्तामोड,साउन १ । सुनको भाउले फेरि कीर्तिमानी उचाइ छोएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९०० रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer