२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

‘गिफ्ट अ भिजन’ का लागि बर्खा स्मृति प्रतिष्ठानको सहयोग


बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।

विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता जनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंका अनुसार ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि प्रतिष्ठानले १० हजार ४०० रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।

त्यस्तै, कार्यक्रमका लागि अन्य दाताहरुले पनि सहयोगको प्रतिबद्धता जनाइरहेका छन् । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि कोष संकलन तीव्र बनाइएको छ ।

कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारी गर्दै आएका विपन्न परिवारका व्यक्तिको बिर्तामोड आँखा अस्पतालको सहकार्यमा विशेष छुटमा मोतियाविन्दुको शल्यक्रिया गरिने अस्पतालका सञ्चालक विनोद दाहालले बताए ।

कम्तिमा १० जना विपन्न मानिसको दृष्टि प्रदान गर्नका लागि एक लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि राइडरलाई अन्य सहयोगीले प्रतिकिलोमिटर १०० रुपैयाँ प्रदान गर्न सक्ने छन् ।

यसैबीच, साइकल संस्कृतिको विकासक्रममा रहेको झापाको बिर्तामोडमा सन् २०२४ को झापा कोरा राइड च्यालेन्ज साउन ५ गते बिहान ६ बजेदेखि बिर्तामोड आँखा अस्पतालबाट सुरु हुनेछ ।

यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी १८० जना राइडर सहभागी हुनेछन् । यो वर्ष कोरा राइडमा झापाका पाँच पालिकाको फन्को लगाएर ५० किलोमिटरको यात्रा तय गरिनेछ ।

प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ । बिर्तामोड आँखा अस्पतालबाट सुरु हुने राइड चारपाने–शनिश्चरे–जयपुर–बुधबारे–बुधबारे ७ नम्बर–नवज्योति वन–मागुरमाडी सिमसार–बाँसबारी समिसार–धुलाबारी–धाइजनढाट–पीपलडाँगी–सालबारी हुँदै बिर्तामोडमा आएर टुंगिनेछ ।

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer