२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

‘झापा कोरा २०२४’ मा २०२ जनाको सहभागिता


बिर्तामोड, साउन ५ । पूर्वी नेपालमा उल्लेख्य राइडरले भाग लिएको झापा कोरा साइक्लिङ च्यालेन्जमा यो वर्ष २०२ जनाले सहभागिता जनाएका छन् ।

आज शनिबार भन्डै ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर २०२ जना साइकल राइडरहरुले यात्रा पूरा गरेका हुन् ।

प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको राइडका संयोजक आकाश श्रेष्ठले जानकारी दिए ।

झापाका चार पालिका बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति र मेचीनगरको बाटोमा यात्रा गर्दा पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको अगुवा साइक्लिस्ट पूर्ण गौलीले बताए ।

झापाको बिर्तामोडबाट निस्किएको टोली अर्जुनधाराको अर्जुनधारा जलेश्वरधामको एक फन्को लगाएर शनिश्चरे-जयपुर-बुधबारे-मागुरमाडी वन-धुलाबारी-धाइजन-पीपलडाँगी-कालीझोडा-सालबारीको बाटो बिर्तामोडमा आएर टुंगिएको थियो ।

यात्रामा प्याक एन्ड पेडल, बिर्तामोड आँखा अस्पताल, इस्टोर्स, रोयल रत्न होटल, डोको रिसोर्ट, रोट्र्यक क्लब अफ बिर्तामोड, इन्द्रेणी ब्यांक्वेट, गोमेन्द्र बिर्ता मोडल स्कुल, मानिया, मनकामना आइसक्रिम, आश्विन फर्मा, देही आर्ट, पाथिभरा स्विट्स र बुद्धशान्ति राइडर्सको विशेष सहयोग रहेको थियो ।

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । कोरा शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

यात्राले अर्जुनधारा जलेश्वरधामलाई परिक्रमा गरेर बाटोमा रहेका अन्य धार्मिकस्थलको समेत अवलोकन गरेको थियो ।

यात्रामा ७ वर्षदेखि ६३ वर्ष उमेरका बिर्तामोड, मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बाह्रदशी, अर्जुनधारा, कनकाईका राइडरहरुले सहभागिता जनाएका थिए । सहभागी सबैलाई मेडल प्रदान गरिएको थियो ।

साइक्लिस्ट शरद जोशीका अनुसार झापा कोरा साइक्लिङ च्यालेन्ज २०२४ मार्फत ‘गिफ्ट अ भिजन’ कार्यक्रमबाट विपन्न १० जनालाई निःशुल्क आँखाको शल्यक्रियाका लागि सहयोग गर्न कोष संकलन गरिएको छ । कोषमा ८० हजार रुपैयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer