२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिमा जैविक मल उत्पादन गर्न भैँसीपालन


मेचीनगर, साउन ६ । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अंकुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ ।

जिल्लामा जैविक तरकारी खेती गर्ने किसानको संख्या बढ्नुका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ । मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अंकुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताए ।

‘प्राङ्गरिक मल बनाउन गोबर नभई हुँदैन’, उनले भने, ‘भैँसीको मलमूत्र दुवै उपयोगी हुन् । गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो ।’

सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer