२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

देवी माविमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम


बिर्तामोड, साउन ६ । विद्यार्थीको आकर्षणको केन्द्र रहेको झापा बिर्तामोडको देवी माविले कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम राखेको छ ।

विद्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालयको गतिविधिबारे सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले प्रस्ट पारेका थिए ।

विद्यालयकी प्र्रधानाध्यापक अम्बिका श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा विद्यालयले उपलब्ध गराउने सेवासुविधाबारे जानकारी गराइएको थियो ।

कक्षा ११ र १२ का संयोजक तथा शिक्षक प्रतिनिधि उमेश शाहले स्वागत गरेको अभिमुखीकरण कार्यक्रममा ४०० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबीच, होटल मेनेजमेन्ट संकायका विद्यार्थीलाई सो विषयका शिक्षकहरुले अलग्गै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए ।

देवी माविमा विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटल मेनेजमेन्ट, शिक्षा र मानविकी संकायमा कक्षा ११ र १२ को अध्ययन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer