२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगरपालिकाको सवा ११ करोड रकम फिर्ता


बिर्तामोड, साउन ६ । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा ११ करोडभन्दा बढी रकम खर्च गर्न नसकेपछि फिर्ता भएको छ ।

बिर्तामोडमा गत आर्थिक वर्षमा ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ फ्रिज भएको नगरपालिकाका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिए ।

नगरमा पुँजीगत, चालु, वित्तीय र स्थानीय गरी समग्रमा १ अर्ब ३१ करोड ७४ लाख ५१ हजार रुपैयाँ बजेट रहेकोमा १ अर्ब २ करोड ६७ लाख ५६ हजार रुपैयाँ खर्च भएको देखिन्छ । जुन ७७.९३ प्रतिशत हो ।

खर्च गर्न नसकेको संघ र प्रदेश सरकारको सशर्त, समपूरक र विशेष अनुदान फिर्ता गएको तामाङले बताए । २०८०–०८१ को खर्चलाई हेर्दा पुँजीगततर्फ ६९.४१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ ६६ करोड ४ लाख ४० हजार रुपैयाँमध्ये ४५ करोड ८४ लाख २५ हजार रुपैयाँ खर्च भएको हो ।

त्यस्तै, चालुतर्फ ६४ करोड २१ लाख ९ हजार रुपैयाँमध्ये ५५ करोड ४९ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । जुन ८६.४२ प्रतिशत हो ।

त्यस्तै, वित्तीयतर्फ १ करोड ४९ लाख १ हजार रुपैयाँमध्ये १ करोड ३४ लाख १ हजार रुपैयाँ खर्च भएको छ । जुन ८९.९३ प्रतिशत हो ।

बुट्टावारी–प्याकुरेलचोक सडकको ४ करोड ८७ लाख, सुन्दर सामुदायिक भवन अदुवा खोला पक्की पुल डिपिआरसमेतको २ कारेड ५० लाख, मातृ शिशु कार्यक्रमको ७७ लाखलगायतका योजनाको बजेट फ्रिज भएको लेखा अधिकृत तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer