२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

रातमा कति बजे सुत्न राम्रो हुन्छ ? 


बिर्तामोड, साउन ६ । प्रायः मानिसलाई स्वस्थ रहन प्रर्याप्त निद्रा लिने र समयमा सुत्ने सल्लाह दिइन्छ । आउनुहोस् जानौँ रातमा कति बजे सुत्नु सबैभन्दा राम्रो मानिन्छ ।

चिकित्सकको सल्लाहअनुसार शरीर स्वस्थ राख्न र हर्मोन सन्तुलित बनाइराख्न समयमा सुत्नुपर्ने हुन्छ । रातमा सुत्ने एकदमै राम्रो समय १० देखि ११ को बीचमा मानिन्छ । यस्तोमा राम्रो निद्राका लागि केही टिप्स अपनाउन सकिन्छ ।

रातमा राम्रो निद्राका लागि सुत्नुअघि लाइट बन्द गर्ने वा एकदमै मधुरो लाइट बाल्ने । यसले छिटो निद्रा आउन र राम्रो निद्रा लाग्न सहयोग मिल्छ ।

राम्रो निद्राका लागि रातमा सुत्नुभन्दा एक घण्टा पहिलादेखि नै फोन, टेलिभिजन तथा ल्यापटप जस्ता चीजबाट दूरी बनाउनुहोस् । राति ढिलासम्म यस्ता डिभाइसको प्रयोग गरिरहँदा निद्राको गुणस्तर बिग्रन्छ ।

राम्रो निद्राका लागि आफ्नो वरिपरि सरसफाइको ध्यान दिनुहोस् । सफा वातावरणमा राम्रो निद्रा आउँछ ।

राम्रो निद्रालाई बढावा दिन तपाईंले आफ्नो सुत्ने समय तय गर्नुहोस् । यसले निद्राको गुणस्तरमा सुधार ल्याउँछ र समयमा सुत्नाले हर्मोनहरु पनि सन्तुलित हुन्छन् ।

रातमा सुत्नुअघि कसरत नगर्नुहोस् । तपाईं राम्रो निद्रालाई बढावा दिन चाहनुहुन्छ भने रातमा सुमधुर संगीत सुन्न सक्नुहुन्छ वा किताब पढ्ने बानी बसाल्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer