२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना


बिर्तामोड, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

सौर्य एयरलाइन्सको जहाज बुधबार करिब ११ बजे दुर्घटनामा परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापाले जानकारी दिए। 

‘जहाजबाट धुवाँ आएको देखिएको छ, उद्धारका लागि प्रहरी परिचालन गरिसकिएको छ,’ उनले भने।

जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।  जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।

जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।

जहाजमा आगो लागेलगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।

जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer