२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अटो र मोटरसाइकल ठोक्किँदा पाँचजना घाइते


बिर्तामोड, साउन १० । झापाको मेचीनगरमा तीनचक्के अटोरिक्सा र मोटरसाइकल एकापसका ठोक्किँदा पाँचजना घाइते भएका छन् ।

आज बिहान ११ः४५ बजेतिर मेचीनगर १३ स्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँँदै गरेको मे. ११ प १९०५ नम्बरको मोटरसाइकल र मे. १ ज ८५४३ नम्बरको अटो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति २ बस्ने २३ वर्षीय अनुराग पोखरेल, पछाडि बसेका सोही ठाउँ बस्ने २३ वर्षीय मनोज मगर, अटो चालक बुद्धशान्ति २ बस्ने ४२ वर्षीय केशव भण्डारी, अटोमा रहेका सोही ठाउँ बस्ने ४२ वर्षीय इन्द्रप्रसाद रिजाल, ४३ वर्षीय यमबहादुर रिजाल रहेका छन् ।

घाइते सबैजनाको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer