२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा ‘सिआईबी’ चलचित्र निर्माण हुने


बिर्तामोड, साउन १२ । झापामा हुँदै आएको अपराध र त्यसको अनुसन्धानसँग सम्बन्धित चलचित्र निर्माण हुने भएको छ ।
बिर्तामोडमा विभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआइबी’ नामको चलचित्र निर्माण हुने भएको हो ।
क्राइम इन बिर्तामोड नाम दिएर चलचित्रको छोटो नाम सिआइबी राखिएको निर्माण पक्षले जनाएको छ ।

आर्थिक केन्द्रविन्दुको हब बिर्तामोड, पछिल्लो समयमा लागुऔषध लगायत विभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको छ । यहाँ हुने विभिन्न अपराधमा प्रहरी प्रशासनले गरिरहेको अनुसन्धान तथा प्राप्त गरेको सफलताको कथामा चलचित्र निर्माण हुन लागेको निर्माता थापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

चलचित्रको लेखन तथा निर्देशन रोहण राईले गरेका छन । सहनिर्माण तीर्थ सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डिपी रिजाल र उमेश चौधरीले गरेका छन् ।

कार्यकारी निर्माता पुजनप्रकाश इङनाम रहेका छन् भने मुख्य भूमिकामा रेजिना रणपहेँली र नविन रिजाल रहेका छन् । उनीहरु दुवैजना सर्ट भिडियो प्लेटफर्म टिकटकबाट उदाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी राष्ट्रय अनुसन्धान विभाग इलामका एसपी तुलसी प्रसाईंले समाज परिवर्तनका लागि चलचित्रमार्फत सकारात्मक सन्देश दिन सकिने धारणा राखेका थिए । यो चलचित्रले समाजमा भइरहेका अपराधका घटनामा कमि ल्याउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, वासु दुलाल, तीर्थ सिग्देल लगायतले चलचित्रको बारेमा धारणा राखेका थिए ।

१० लाख रुपैयाँको लगानीमा निर्माण हुने चलचित्र आगामी दसैँअघि नै प्रदर्शनमा आउने थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer