बिर्तामोड, साउन १४ । झापाली समाज ओमानको अध्यक्षमा पवन शाक्य चयन भएका छन् । समाजको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा शाक्य सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक दिपक श्रेष्ठले जानकारी दिए ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरि घिमिरे, द्वितीय उपाध्यक्षमा भूपाल चौहान, महासचिवमा नैत्र मैनाली, सचिवमा तेज राई र कोषाध्यक्षमा शेखर खतिवडा चयन भएका छन् ।
त्यस्तै, सहकोषाध्यक्षमा शोभादेवी राई, युवा तथा खेलकुद संयोजकमा मदन कटुवाल र महिला संयोजकमा सृष्टि घिमिरे निर्वाचित भएको निर्वाचन समिति संयोजक श्रेष्ठले बताए ।
केन्द्रीय सदस्यहरुमा कुशल गौतम, मुना कार्की, सन्तबहादुर राई (सागर), विनोद कार्की, सुमित ढकाल, कर्मा शेर्पा, डक्टर दिपेश न्यौपाने, श्याम भट्टराई र बृद्धि काफ्ले सर्वसम्मत चयन भएका छन् ।
झापाली समाज ओमानका अध्यक्ष केशव थापाको अध्यक्षतमा भएको अधिवेशन उद्घाटन समारोहमा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव नविन पोखरेल, अन्तराष्ट्रिय झापाली समाज मध्यपूर्व सहसंयोजक भवानी कोइराला र नेपाली राजदूतावास मस्कट ओमानका श्रम सहचारी गोविन्द आचार्य लगायतको आतिथ्य रहेको थियो ।