२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

१२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने


बिर्तामोड, साउन १७ । अब कक्षा १२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो ।

आयोगका उपाध्यक्ष प्राध्यापक डक्टर अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पिसिएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको बताए । हाल कक्षा १० पास गरेपछि पिसिएल नर्सिङ पढ्न पाउने व्यवस्था छ ।

संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पिसिएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए ।

तर, नेपालमा भने कक्षा १० पढेपछि नै पिसिएल नर्सिङ पढ्न पाउने गरेको जानकारी दिए । १६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय भएको उनको भनाइ छ ।

‘हाम्रो छिमेकी देश भारतमा नै १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउँछन् । हाम्रोमा भने १० पढेपछि नै पाउने व्यवस्था छ’, उनले भने । आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाँडै सिटिइभिटीलाई पत्राचार गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer