बिर्तामोड, साउन १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजको अगुवाईमा एकजना महिलाको उद्धार गरिएको छ ।
बिर्तामोड-१ दुर्गा पाञ्चायन टोलमा सडकमै दिन बिताउँदै आएकी अन्दाजी ७० वर्षीया ती महिलाको आज उद्धार गरिएको जेसिजका कोषाध्यक्ष टिकाराम खतिवडाले जानकारी दिए ।
विगत मंसिरदेखि स्थनीय रिता गहतराजको घरमा बस्दै आएकी मधेसी मुलकी ती महिलाको खुट्टा भाँचिएपछि बिचल्लीमा परेकी थिइन् ।
अशक्त हुनुअघि उनी अर्काको घरमा काम गर्दै गुजारा चलाउँदै आएकी थिइन् । चोटग्रस्त भएपछि उनी मागेर गुजारा चलाउँदै आएकी थिइन् ।
बिर्तामोड १ नम्बर वडा कार्यालयको सिफारिसमा माया घर नेपाल इटहरी सुनसरीले आश्रय लिनेगरी उनको उद्धार गरिएको जेसिजका अध्यक्ष विकास बस्नेतले बताए ।