२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सुध्रिँदै कक्षा १२ को नतिजा


बिर्तामोड, साउन १८ । कक्षा १२ को आज सार्वजनिक नतिजाअनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनीहरूले ३.६१ देखि ४.० जिपिए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् ।

यसअघि गत वर्ष २०७९ सालको नतिजाअनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए । २०७८ सालको नतिजा अनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए ।

विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको हो । त्यस्तै, समग्र नतिजामा समेत सुधार देखिएको छ । नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।

गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer