२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते


बिर्तामोड, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ ।

शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्‌ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ ।

दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

दुई बिषय सम्म अनुपस्थिति विद्यार्थी पनि पुरक परीक्षामा सामेल हुन पाउँछन् । परीक्षामा ५ हजार ६ सय ३२ विद्यार्थी सबै बिषयमा अनुपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer