बिर्तामोड, साउन २७ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बीच झापा हल्दिबारी-२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।
क्लबकी अध्यक्ष मञ्जु उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई लक्षित गरेर कापी, बलपेन, पेन्सिल लगायतका सामग्री प्रदान गरिएको हो ।
क्लबकी संस्थापक अध्यक्ष लीलादेवी मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवसिर्जनाका विद्यार्थीले शैक्षिक सामग्री प्राप्त गरेका थिए ।
क्लबकी प्रथम उपाध्यक्ष यशोदा उप्रेतीले स्वागत, द्वितीय उपाध्यक्ष सरु भूर्तेलले सञ्चालन गरेको कार्यक्रममा झन्डको अभिभादन निर्जला खनालले गरेकी थिइन् भने विद्यालयका प्रधानाध्यापक भीमप्रसाद दाहालले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब नेपालका कार्यक्रम संयोजक पार्वता गिरी, स्पार्ट लेडीकी तृतीय उपाध्यक्षगोमा मैनाली खड्का, कोषाध्यक्ष पुनम घिमिरे, सहकोषाध्यक्ष लीला दंगाल, सदस्य बन्दना उप्रेतीको उपस्थिति रहेको थियो ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल, सल्लाहकार होमनाथ दाहाल, समाजसेवी गणेश उप्रेती, शान्त न्यौपाने, विन्दा कटवाल, भीम उप्रेती, ज्ञानमणि भूर्तेलको आतिथ्यता रहेको थियो ।