२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादहका ७० वर्षीय राजवंशी ३० वर्षीया कोचको ‘हनी ट्र्याप’ मा


बिर्तामोड, साउन २७ । झापा गौरादहका एक वृद्धले आफूलाई मोहजाल ‘हनी ट्र्याप’ मा पारेर सम्पत्ति हडपेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

उनले ‘हनी ट्र्याप’ गरेको र आफ्नो घरभित्र रहेको जायजेथा लुटपाट गरेको आरोपमा झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

करिब चालीस वर्षले कान्छी एक महिलाले ‘हनी ट्र्याप’ मा पारेर आफ्ना सारा सम्पत्ति हडपेको भन्दै झापा गौरादह–८ भुँडीसिमलका ७० वर्षीय वृद्ध पुलेन्द्रप्रसाद राजवंशीले सहयोग मागेका छन् ।

गौरादहकै करिब ३१ वर्षीया गंगादेवी कोचले घरजग्गा कब्जा गरेपछि कोही नभएका ती वृद्ध विगत दश दिनदेखि घरबारविहीन भएका छन् । जायजेथा भएर पनि उनी आश्रयको लागि भौँतारिरहेका छन् ।

करिब डेढ वर्षअघि श्रीमती जल्पादेवी सेढाईं राजवंशीको निधन भएपछि छोराछोरी नभएका पुलेन्द्र एक्लै बस्दै आएका थिए ।

दस दिनअघि उपचारका लागि धरान गएका बखत गंगादेवीले पुलेन्द्रको घरको ताला फुटाई घरजग्गा कब्जा गरेकी हुन् ।

करिब दुई महिनाअघि गौरादह नगरपालिकाका दमकल चालक ललित राजवंशीमार्फत पुलेन्द्र र गंगादेवीबीच चिनजान भएको बताइएको छ । ९ र १४ वर्षका दुई छोरीकी आमा गंगादेवी तिनै ललित राजवंशीको होटलमा काम गर्थिन् ।

आफूले नमान्दानमान्दै ललित राजवंशीले ‘देउनियार कि गति’ भनिएको राजवंशी फिल्ममा अभिनय गर्न लगाएको र आफ्नी श्रीमती बनेर सुटिङ गरिसकेपछि त्यसको दुई महिनापछि आएर तिनै गंगादेवीले घरजग्गा कब्जा गरेको ती वृद्ध बताउँछन् ।

गत जेठ २२ गते कनकाईको कोटिहोममा ७० वर्षका पुलेन्द्र बेहुला र ३१ वर्षकी गंगादेवी बेहुली बनेर विवाह गरेको भिडियोमा देखिन्छ । जुन भिडियोमा ललितले कमेन्ट्री गरेका छन् ।

फिल्ममा खेल्ने बेलामा पनि गंगादेवीको लुगाफाटा, गाडी, खाजालगायतमा ललित राजवंशीले करिब डेढ लाख रुपैयाँ खर्च गर्न लगाएको, फिल्म खेलिसकेपछि पाँच लाख रुपैयाँ बार्गेनिङ गरेको र पैसा नदिएपछि घरजग्गा कब्जा गरेको पुलेन्द्रको दाबी छ ।

घटनाबारे विषयमा गंगादेवीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आइनन् । उनको ९८१७ ९५१७३४ नम्बरको मोबाइलमा पटकपटक सम्पर्क गर्दा उनले रिसिभ गरेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer