बिर्तामोड, साउन २९ । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।
भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टिकाराम शिवाकोटीका २० वर्षीय छोरा सिर्जन शिवाकोटी सम्पर्कविहीन भएको परिवारले सार्वजनिक गरेका छन् ।
शिवाकोटी परिवारले सामाजिक सञ्जाल फेसबुकमार्फत साउन २२ गते मंगलबार बिहान ११ बजेको समयमा चन्द्रगढी बजार जान्छु भनी घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।
बुवाले छोरा सिर्जन तिमी जहाँ भए पनि हामी प्रतीक्षा गरिरहेका छौँ भनी लेखेका छन् । कहीँकतै छोरालाई देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको मोबाइल नम्बर सम्पर्क गरिदिन परिवारजनले आग्रह समेत गरेका छन् ।