२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मानव बेचबिखनको आरोपमा झापाका न्यौपाने पक्राउ


बिर्तामोड, साउन २९ । झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् ।

ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा उनलाई सोमबार मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले काठमाडौँको गौरीघाटबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

उनले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै मौरिसस पठाइदिने र केही समयमै ग्रिनकार्ड हुने आश्वासन दिएका थिए ।

ती महिलाबाट उनले २ लाख ५० हजार रुपैयाँ समेत लिएको खुलेको छ । ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै २०८० माघ १३ गते मौरिसस पुर्‍याएका थिए ।

पूर्वयोजना अनुसार मौरिससस्थित एअरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए । मौरिसस नागरिकले भने नेपाली महिलालाई न्यौपानेमार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने र चरम यौन र श्रमशोषण गरेको आरोप छ ।

मौरिसस नागरिकको घरबाट फरार भई उनी पोर्चुगलमा रहेको नेपाली नागरिकको सहयोगमा २०८१ असार २० गते नेपाल आएर ब्युरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer