बिर्तामोड, साउन २९ । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज बिहान ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति ९ बजे बाह्रदशी २ जनता बजारस्थित भित्री सडक खण्डमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे. ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि बसेका कचनकवल-१ बस्ने १९ वर्षीय श्रवण राजवंशी सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक कचनकवल-१ पिण्डलबारीका १९ वर्षीय देवराज राजबंशी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेका छन् ।