बिर्तामोड, साउन ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले इन्डियन आयल कर्पोरेशन आइओसी ले मूल्य घटाएर पठाएपछि बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको बताएको छ ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ भने मट्टितेलको मूल्य प्रतिलिटर समान ३ रुपैयाँले नै घटेको छ ।
घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ ।