बिर्तामोड, साउन ३२ । झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
श्रेष्ठले ती बालिकालाई ललाइफकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।