२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

‘याक्थुङ स्टार’ को डिजिटल अडिसन भदौ १ गतेदेखि


बिर्तामोड, साउन ३२ । दोस्रो संस्करणको गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ ।

आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको प्रालिका ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा याक्थुङ भाषामा गीत गाएर पठाउनुपर्ने प्रावधान रहेको लिम्बूले बताए । संसारभरिका सहभागीले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

बिर्तामोडमा हुने फाइनल प्रतियोगिताको विजेताले नगद चार लाख, दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एक लाख ५० रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका लागि बिर्तामोड, इलाम, सिक्किम लगायतका स्थानमा भौतिक रुपमै अडिसन लिइने लिम्बूले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer