२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ सुरक्षा गार्ड धरौटीमा रिहा


बिर्तामोड, साउन ३२ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् ।

अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका हुन् । उनी २२ दिनअघि पक्राउ परेका थिए ।

गत साउन १० गते बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्यसको भोलिपल्ट उनी पक्राउ परेका थिए । बिर्तामोड–४ निवासी पाण्डे पूर्वप्रहरी पनि हुन् ।

कराते खेल्न आएकी बिर्तामोड–६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

समाचार स्रोतका अनुसार प्रहरी मुचुल्का तथा अन्य आधारहरु यौनजन्य हिंसा भएको नदेखिएको सरकारी वकिलले अदालतसमक्ष पेश गरेका थिए ।

केही दिनमै पाण्डेविरुद्धको मुद्दाको फैसला हुने जनाइएको छ । विद्यालयमा भएको सिसी टिभी फुटेजमा पाण्डेले बालिकामाथि दुर्व्यवहार गरेको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer