२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता काँकरभिट्टामा हुने


मेचीनगर, भदौ १ । झापाको काँकरभिट्टामा छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

नाइट चेस क्लबले नेपाल बुद्धिचाल महासंघको साझेदारीमा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैटौँ राष्ट्रिय एमेच्युर बुद्धिचाल हुने भएको हो ।

मोफसलमा दोस्रोपटक आयोजना गरिएको छैटौँ एमेच्युर प्रतियोगितामा २००० देखि १७०० सम्म र १७०० देखि तलका गरी दुई समूहमा विभाजन गरिनेछ । दुबै समूहका प्रथम हुने खेलाडीले ५०/५० हजार दोस्रोले २५/२५ हजार र तेस्रोले १५/१५ हजार नगद प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिता चौथो, पाँचौँ, छैटौँ र सातौँ हुने खेलाडीले क्रमश: नगद १२ हजार, १० हजार, ८ हजार र ६ हजार प्राप्त गर्नेछन् भने आठौँ, नवौँ र दसौँ हुने खेलाडीले समान ५/५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष विश्वविजय घिमिरेले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख २२ हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ । देशभरिबाट १५० जनासम्मको सहभागिता रहने आज होटल व्यवसायी संघमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

मेचीनगरको गौरवका रुपमा यहाँको स्थानीय सरकार, संघसंस्था, व्यवसायी, विद्यालयहरुको निरन्तर साथ र सहयोगले कार्यक्रम सफलताका साथ सम्पन्न गर्ने अपेक्षा रहेको संघका उपाध्यक्ष राजु पौडेलले बताए । पशुपति बोडिङ स्कुलबाट ५०/५० हजारको दुईवटा प्रथम पुरस्कारबापत १ लाखको सहयोग रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer