२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

यौन दुर्व्यवहार आरोपमा पक्राउ पावरटेकका सञ्चालक मेचे रिहा, खनाल थुनामै


बिर्तामोड, भदौ ३ । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् ।

उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पावरटेक कम्प्युटरका सञ्चालक मेचे र सोही कम्प्युटर इन्स्टिच्युटका शिक्षक नारायण खनाललाई भदौ १ गते बेलुका प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएकोमा मेचेको हकमा अदालतले म्याद थप नगरेको र खनाललाई भने हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले बताए ।

बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत एकजना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचे र खनाललाई पक्राउ गरेको हो ।

कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले बाल यौन दुरुपयोग गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लैजाने, आइफोन किनिदिनेजस्ता प्रलोभन देखाउने, संवेदनशील अंगमा छुने, सुम्सुम्याउने, ब्याड टच गर्ने, नदिए ओजेटीको प्रमाणपत्र नदिनेजस्ता धम्की देखाएपछि विद्यार्थीले अभिभावकलाई सुनाएका थिए ।

लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराएसँगै प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका उनीहरुविरुद्ध आइतबार बाल यौन दुरुपयोग मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer