२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पूजा कोठाको महत्व र सजावटका उपायहरू


बिर्तामोड, भदौ ४ । हिन्दुहरूको घरमा प्रायः पूजा–पाठका लागि विशेष रूपमा एक ठाउँ बनाइन्छ । यस्तो ठाउँ जहाँ भगवानको दर्शन र पूजापाठ गरिन्छ ।

पूजा कोठाको महत्व केवल त्यहाँ दिन–रात दियो बाल्नु र आरती गर्नु मात्र होइन । यहाँ गएर मनलाई पनि एक अलग शान्तिको अनुभव हुन्छ ।

यदि तपाईंले पूजा कोठा बनाउनु भएको छ भने, यसको सजावट पनि आवश्यक छ । ताजा फूल, मूर्तिहरूले पूजा गर्ने कोठा सजाउनुहोस् ।

घरमा पूजा गर्नका लागि सही ठाउँ छान्नु धेरै महत्वपूर्ण छ । यो ठाउँ यस्तो हुनुपर्छ, जहाँ तपाईंलाई अरूले डिस्टर्ब नगरोस् । साथै, यो कोठा सफा–सुग्घर हुनुपर्छ ।

मन्दिरमा देवी–देवताका पोस्टरको सट्टा मूर्तिहरू स्थापना गर्नुहोस् । पूजास्थल सजाउन रङ्गी–विरङ्गी कपडाहरूको प्रयोग गर्नुहोस् ।

पूजा घरको सजावटमा ताजा फूलहरूको प्रयोग गर्नुहोस् । पूजा घरमा बिहान–बेलुका नियमित रूपमा दियो बाल्नुहोस् । यसले घरमा सकारात्मक ऊर्जा ल्याउँछ ।

पूजा कोठा व्यवस्थित देखिनका लागि दियो, धूप बत्ती, अगरबत्ती र पूजाको सामग्रीलाई एक भाडामा राख्नुहोस् । दियो बाल्ने ठाउँलाई समय–समयमा सफा गर्नुहोस् । ध्यान दिनुहोस् कि पूजा गर्ने ठाउँमा पर्याप्त उज्यालो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer