२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

वडा अध्यक्ष सुब्बाको हरित सहर योजनाः प्रादेशिक अस्पतालमा वृक्षरोपण


भद्रपुर, भदौ ६ । भद्रपुर नगरपालिकाका वडा नम्बर ८ को अगुवाईमा प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनमा वृक्षरोपण गरिएको छ ।

अस्पताल परिसरलाई सौन्दर्यकरण गर्ने उद्देश्यसाथ आज बिहान वृक्षरोपण गरिएको वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले जानकारी दिए ।

वृक्षरोपणमा कोशीका प्रदेशसभा सदस्य मोहन महर्जन, पूर्वसदस्य वसन्त बानियाँ, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायतको सहभागिता रहेको थियो ।

अस्पताल परिसरमा गुलमोहर, ज्याकारान्डा, राजवृक्ष जातका ५० भन्दा बढी बिरुवा रोपिएको वडा अध्यक्ष सुब्बाले जानकारी दिए । वृक्षरोपणमा स्थानीय सामाजिक अगुवा, जिल्ला प्रहरी प्रमुखहरू, उद्योगी, व्यवसायीले साथ दिएका थिए ।

वडा अध्यक्ष सुब्बाको अगुवाईमा यसअघि वडा नम्बर ८ मा पर्ने विभिन्न सडक किनारमा ५०० वटाभन्दा बढी बिरुवा रोपिएको छ । सौन्दर्यकरण तथा हरित सहरका लागि सुब्बाले वृक्षरोपणलाई प्राथमिकता दिँदै तीव्र गतिमा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer