२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिहान चाँडो उठ्न यसो गरौँ


बिर्तामोड, भदौ ७ । प्राय सबैको घरमा बिहान छिटो उठ्नुपर्छ भन्ने उर्दी हुन्छ । तर कोहीकोहीको ढिलासम्म सुत्ने बानी हुन्छ ।

कतिपय मानिस त बिहान १० बजेसम्मै सुतिरहन्छन् । त्यस्ता कतिपय मानिस बिहान छिटो उठन पाए हुन्थ्यो भन्ने सोच्छन् तर त्यसो गर्न भने सक्दैनन् ।

अझ कसैले उनीहरुलाई उठाउन खोज्यो भने केहीबेर अझै सुत्छु भन्ने उत्तर दिन्छन् र अर्कोतिर फर्किएर निदाउँछन् । आज हामी कसरी बिहान छिटो उठ्न सकिन्छ भन्ने केही टिप्स दिन्छौँ ।

राति चिया/कफी नपिउने

यदि बिहान छिटो उठ्ने मन छ भने अबेर खाना खानु हुँदैन । खासगरी राति अबेर चिया या कफी खाने बानी छ भने त्यो खराब हो । त्यसले निद्रा भगाउँछ । अनि राति निद्रा नपरेपछि बिहान छिटो उठ्न सम्भव नै हुँदैन ।

सुत्ने बेला फोन नचलाउने

सुत्नुभन्दा कम्तिमा दुई घण्टा पहिले फोन चलाउन बन्द गरेमा राम्रो निद्रा पर्छ । मस्त निद्रा परेपछि बिहान छिटो उठ्न समस्या हुँदैन । यदि अबेरसम्म मोबाइल चलाएर बसियो भने निद्रा आउँदैन र बिहान उठ्न पनि गाह्रो हुन्छ ।

समय तय गर्ने

यदि बिहान छिटो उठ्नुछ भने राति पनि समयमै सुत्नुपर्छ । स्वस्थ मानिसलाई ७÷८ घण्टा निद्रा आवश्यक हुन्छ । त्यसैले, बिहान ६ बजेभित्रै उठनुछ भने बेलुका १० बजेसम्म सुत्न उपयुक्त हुन्छ ।

उठेपछि यस्तो गरौँ

बिहान छिटो उठेपछि पर्दा खोलेर या बत्ती बालेर उज्यालो बनाउनुपर्छ । जसका कारण फेरि निद्रा आउँदैन । यदि कोठामा अँध्यारो भइराख्यो भने ब्युँझिएपछि पनि निद्रा आउन सक्छ ।

सम्भव हुन्छ भने उठेपछि ब्यायाम गर्नु स्वास्थ्यका हिसाबले निकै लाभदायक हुन्छ । बाहिर निस्कन सम्भव नभए कतिपय व्यायाम कोठामै बसेर पनि गर्न सकिन्छ ।

यसबाहेक सुत्दा अलि सहज हुने खालको कपडा लगाउनुपर्छ, जसका कारण छिटो निद्रा लाग्छ । मनमा अनेक कुरा खेलाउने बानीले पनि निद्रा बिथोल्न सक्छ । त्यसैले, धेरै सोच्ने बानी पनि हटाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer