२०८२ असार ३२ बुधबार
Jhapa Today
Adv top

बुद्धशान्तिमा फोहोरमैला व्यवस्थापनका लागि इन्सिनरेटर


बिर्तामोड, भदौ ८ । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि फोहोरमैला व्यवस्थापनमा झापाका पालिकाहरूमध्ये अग्रणी बन्ने देखिएको छ ।

बुद्धशान्ति १ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैलाका लागि गाउँपालिका कार्यालयले व्यवस्था गरेको हो।

राष्ट्रिय योजना आयोगबाट गत बर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो। यस वर्ष पनि आयोगबाट ८५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए।

पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोर मैला व्यवस्थापनमा इन्सिनरेटरसहित फोहोरमैला व्यवस्थापनका लागि यो काम गरिएको उनले बताए।

प्रसाईंले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौं। कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ। नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ।’

उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन। इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ।

Adv footer