२०८२ असार ३२ बुधबार
Jhapa Today
Adv top

शिवसताक्षीमा बाँस झ्याङको टुप्पोमा अजिङ्गर भेटियो


बिर्तामोड, भदौ ८ । झापाको शिवसताक्षीमा बाँस झ्याङको टुप्पोमा अजिङ्गरअजिङ्गर भेटिएको छ।

आज बिहान ११ बजेतिर अजिङ्गर फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। स्थानीय वडा नम्बर ६ को शिवालय मन्दिर पूर्वतर्फको बाँस झ्याङको टुप्पोमा वयस्क अजिङ्गर फेला परेको स्थानीयबासीले बताए ।

बाख्रालाई बाँसको घाँस काट्न जाने स्थानीयले बाँसको टुप्पोमा अनौठो प्रजातिको सर्पजस्तै अजिङ्गर देखेपछि हल्लाखल्ला भएको थियो।

अजिङ्गर बाँसको टुप्पोमा भएकाले त्यसको सकुशल उद्धारका लागि वन कार्यालयका प्राविधिकको टोली लागिपरेको वडा नम्बर ६का अध्यक्ष मनोज खुलाल कार्कीले बताए । अजिङ्गरको उद्धारपछिको व्यवस्थापनका विषयमा पनि छलफल भइरहेको वडा अध्यक्ष कार्कीले जानकारी दिएका छन्।

उक्त अजिङ्गरलाई भुइँमा झारेपछि मात्र त्यसको तौल, आकार र कुन प्रजातिको अजिङ्गर हो भन्ने खुल्ने वन कार्यालयले जनाएको छ। जमिनबाट करिब ५० फिट माथि बाँसको टुप्पोमा अजिङ्गर बसेको प्रत्यक्षदर्शीले बताए ।

Adv footer