२०८१ असोज ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सन्तोषले जिते रियलमी मिस्टर नेपाल २०२४ को उपाधि


बिर्तामोड, भदौ १० । झापाका सन्तोष लोक्समले रियलमी मिस्टर नेपाल २०२४ को उपाधि जितेका छन् ।

हालै सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ भई आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। योगेश र आयुष दुवैले ३ लाख रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer