२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बालिका छोरी गर्भवती बनाउने झड्केलो बुवा पक्राउ


बिर्तामोड, भदौ ११ । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ ।

सानैदेखि पालेका ४१ वर्षका झड्केलो बुवाले नाबालिकालाई गर्भवती बनाएपछि घटना बाहिर आएको हो ।

घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।

बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुवालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

Adv footer